• मंसिर १२ २०८१, बुधबार

सुनको मूल्यले किन दिनहुँ बनाउँदैछ नयाँ कीर्तिमान

भाद्र १३ २०८१, बिहीबार

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । सुनको मू्ल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार त्यो मूल्यभन्दा बढी कायम भएको हो ।

यही भदौ ५ गते छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।