काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ १२ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबारको तुलनामा बुधबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर सबै बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४९ रुपैयाँ ६६ पैसा र बिक्री दर १५० रुपैयाँ ३३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १७ पैसा र बिक्री दर १७७ रुपैयाँ ९६ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।