• मंसिर १२ २०८१, बुधबार

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

भाद्र १० २०८१, सोमबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ १० गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।