• मंसिर १२ २०८१, बुधबार

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

श्रावण २ २०८१, बुधबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन २ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९६ पैसा र बिक्री दर १७३ रुपैयाँ ७४ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।