• आश्विन २० २०८१, आईतवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

असार २४ २०८१, आईतवार

कठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आइतबारका लागि १ लाख ४५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

शुक्रबार प्रतितोला एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आइतबारका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० निर्धारण भएको छ ।