• जेष्ठ ३ २०८३, आईतवार

काठमाडौँको सोह्रखुट्टेमा भासियो मुख्य सडक

असार १९ २०८१, बुधबार

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा मुख्य सडक भासिएको छ । सोह्रखुट्टे चोकबाट बालाजुतर्फ करिब १०० मिटर अगाडी सडक भासिएर पानी निस्किरहेको छ ।

बिहान करिब साढे ६ बजेतिर सडक भासिँदा दुईजना सवार बाइक पसेको थियो । सवार यात्रु र चालक तत्कालै निकालिएको भए पनि बाईक भने केही घण्टा पछि निकालिएको थियो ।

अहिले यस स्थानमा सडक विभागले बार लगाएर छेउबाट सवारी आवागमन सुचारु गरिरहेको छ । भासिएको ठाउँबाट पानी र बालुवा निस्किरहेको छ ।