• बैशाख ९ २०८२, मंगलवार

पुल्चोक क्याम्पसका २८ विद्यार्थीले इन्टर्नमार्फत् पारिश्रमिक पाउने

असार १८ २०८१, सोमबार

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस र ६ वटा कम्पनीहरूबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सो समझदारीअनुसार पुल्चोक क्याम्पसमा पढ्ने २८ जना विद्यार्थीले विभिन्न कम्पनीमा काम गरेअनुसार पारिश्रमिक पाउनेछन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को पहलमा उक्त समझदारी भएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार इन्टर्न काम गरेबापत २८ जना विद्यार्थीले जनही न्यूनतम मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

चौधरी ग्रुप, शर्मा कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन, कान्छाराम कन्स्ट्रक्सन, बलियो भेन्चर, टेक्नोक्वेरी कन्सल्टसँग इन्टर्नका लागि समझदारी गरिएको शेर्पाले जानकारी दिए ।