• जेष्ठ ३ २०८३, आईतवार

बागलुङमा दम्पती घरसहित पहिरोमा पुरिए

असार १५ २०८१, शनिबार

बागलुङ  ।  बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

घरसहित पहिरोमा पुरिएका उनीहरुको उद्धारका लागि अहिले प्रहरी तथा स्थानीय खटिएका छन् । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।