काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ परेका छन् ।
आज काठमाडौंको बौद्धबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए । प्रतीक नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए ।