• बैशाख ९ २०८२, मंगलवार

आज एसईईको नतिजा प्रकाशित हुने,यसरी हेर्नुहोस्

असार १४ २०८१, बिहीबार

काठमाडौं । गत चैतमा भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)- २०८० को नतिजा आज प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गर्न लागेको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ ।

परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
नतिजा हेर्ने तरिका
आफ्नो मोबाईलको 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞 𝐁𝐨𝐱 मा गइ 𝐒𝐄𝐄<space> 𝐒𝐲𝐦𝐛𝐨𝐥 𝐍𝐮𝐦𝐛𝐞𝐫 लेखि ३४९४९ मा 𝐒𝐌𝐒 पठाई 𝐒𝐄𝐄 २०८० को नतिजा हेर्न सक्नुहुने छ ।