स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाईन्छ।
सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ। ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ। ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सियमको राम्रो स्रोत हो। यी पौष्टिक तत्वका साथै यसमा म्यागनीज पनि प्रचुर मात्रामा पाईन्छ। ब्राउन राइसको सेवनबाट शरीरमा हड्डीको विकास, माशंपेशी बलियो हुनुका साथै ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ।