• मंसिर १२ २०८१, बुधबार

लघुवितहरूले लिएको चर्को ब्याज विरुद्ध आम जनता पार्टीले संघष गर्ने

असार ९ २०८१, शनिबार

काठमाडौं । आम जनता पार्टी, ताम्सालिङ् नेवा प्रदेश कमिटीले शनिबार काभ्रेको बनेपामा दलाल दलतन्त्रको विरुद्ध खबरदारी र्याली निकालेको छ । ताम्सालिङ् नेवा प्रदेश कमिटीद्वारा आयोजित उक्त खबरदारी र्यालीसहितको भेलालाई सम्बोधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले लघुवित तथा बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउन आम जनताले सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष साहले भने, ‘अहिले देशमा बैंकहरूले आमसर्वसाधारण जनताको बचतको पैसा खुलेआम लुटिरहेको स्थिति छ । बैंकका मालिकहरूले नै अन्य विभिन्न व्यापार, व्यवसायमा लगानी गर्न एकअर्काको बैंकबाट सहुलियत कर्जा लिने तथा नेपाली जनताको करको पैसा र बचतकर्ताको बचत पैसालाई गिरोह बनाएर दोहन गर्न तल्लीन छन् । यो स्थितिलाई बदल्न बैंक मालिकहरूले बैंकबाट ऋण लिन नपाउने व्यवस्था गर्नुपर्छ ।’