काठमाडौं । क्रसर उद्योग नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनमा नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ ।
शुक्रबार माइतीघरमा पुगेर महासंघका महासचिव रोशन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा महासंघको तर्फबाट ऐक्यवद्धता जनाएका छन् । उनले क्रसर उद्योग बन्द हुँदा निर्माण व्यवसायी मारमा पर्ने भन्दै सरकारले अविलम्व उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताए ।
उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने उल्लेख गरे । उनले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन, कानुन बनाएर हतोत्साही बनाउने काम भएको भन्दै आपति जनाए ।
क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरूले गत असार १ गतेदेखि काठमाडौं लक्षित आन्दोलन गर्दै आएका छन् ।