प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेल र आफ्नो विदेश भ्रमणबारेमा जानकारी दिन संसदमा आउन नभ्याएको जवाफ दिएका छन् । भ्रमणबारे संसदमा आएर जानकारी गराउनुपर्ने भए पनि नभ्याएकाले सभामुख देवराज घिमिरेलाई यसबारेमा जानकारी दिएको प्रचण्डले बताए ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा उनले सदनले सो बारेमा खोजी गरे पनि ढिलाइ भएको बताए । सदन आउन किन डराएको ? भन्ने शब्दमा आफ्नो ध्यान पुगेको भन्दै प्रचण्डले अन्यथा रूपमा व्याख्या गर्दा नरमाइलो लागेको बताए । आफ्नो भारत भ्रमण एजेन्डामा छलफल गर्न नभइ प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन गएको उनले बताए ।