काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरुले मिलेर लुट मच्चाइरहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको बताए ।
उनले भने, ‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो । तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गर्दैछन्। त्यसमा सबै सरोकार साझेदारहरुको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।’