• मंसिर १२ २०८१, बुधबार

नङ फुल्नुका कारण

असार ५ २०८१, मंगलवार

नङ फुल्नुका कारण यस्ता छन्ः

नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ। नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ। घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन। ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ।

एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ। नङ पालिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ।

जिंकको कमीः  मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ। जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ। गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ।

प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो  धर्सा वा दागी आउछ। यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ। तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ। यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ।

क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ। तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस।

गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ। तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।

धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन।