• मंसिर ११ २०८१, मंगलवार

चर्चित पाकिस्तानी सेलिब्रेटी डा.एलियाले बनाइन् नेपाली भाषाको म्यूजिक भिडियो ‘माया बस्यो’

असार ४ २०८१, सोमबार

काठमाडौं – गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ । गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन ।

म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ । निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत् सार्वजनिक भएको हो ।

भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ ।

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् ।

अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । डा.एलिया नेपाल र नेपालीलाई मनैदेखि माया गर्छिन् । ‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन् ।