• मंसिर १२ २०८१, बुधबार

ट्याङ्कर चालकहरुको आन्दोलनका कारण काठमाडौंका पेट्रोल पम्पमा लामो लाइन

असार ४ २०८१, सोमबार

काठमाडौं । पेट्रोलियम ट्याङ्कर चालकहरू आन्दोलनमा उत्रिएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभवा देखिएको छ । सोमबार बिहानै देखि उपत्यकाका पेट्रोल पम्पहरूमा लामो लाइन लागेको छ ।

विभिन्न ७ बुँदे माग राख्दै ट्याङ्कर चालकहरू आन्दोलनमा उत्रिएका हुन् । चालकहरू आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको छ ।

चालहरूले चालक र सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिइ सरकारले तोकेबमोजिमको तलब पाउनुपर्ने माग राखेका छन् । दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धता गराइनुपर्ने, जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग उनीहरूले राखेका हुन् ।