काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले बागमती, कोशी, गण्डकी र मधेश प्रदेशमा साधरणतया बदली रही केही भूभागमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेकोले कोशी प्रदेशमा रातिदेखि चट्याङसहित वर्षा अहिले बिहानसम्म जारी रहेको छ ।
यस्तै बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ ।
कोशीसहित बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।