• मंसिर १३ २०८१, बिहीबार

सरकारमा रास्वपाको सहभागिताबारे समीक्षा गर्ने बेला भइसकेको छ : खेलकुदमन्त्री श्रेष्ठ

असार २ २०८१, शनिबार

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए ।

उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए ।

उनले भने, ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा अहिले हामीले अनुभव गरिरहेका छौँ । किनभने अहिले सरकारको नेतृत्व गरिहेको छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले नै चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले कुनै किसिमको सम्झौता गर्नुर्पयो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन तयार छ । हामी राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।’

उनले सरकारलाई दिएको समर्थनको बारेमा समीक्षा गर्नुपर्ने बेला भइसकेको बताए ।