ढोरपाटन । बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९–०८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुंगे निर्माण भएका हुन् । झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् ।
जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुंगे पुल निर्माण भएका हुन् । पूर्वधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए ।