• मंसिर ११ २०८१, मंगलवार

मगर समुदायले यसवर्षको भूमे पर्व काठमाडौंको टुँडिखेलमा मनाउँदै

असार २ २०८१, शनिबार

काठमाडौं । आज आषाढ १ गते । मगर समुदायले यस वर्षको भूमे पर्व आज, भोली र पर्सी गरी तिन दिन काठमाडौंको टुँडिखेलमा मनाउँदैछन् ।

मगरात सभ्यतासहितको समृद्ध मगर समाज नारासहित विशेष कार्यक्रमहरु गरी मनाइने भुमे पर्वमा सहभागी हुन कार्यक्रमको मुल आयोजक नेपाल मगर संघले मगर लगायत सबै जनसमुदायमा अपील गरेको छ । कार्यक्रममा मगर समुदायका भेषभुषामा विभिन्न गीत-संगीत तथा नृत्य प्रदर्शन गरिनेछ ।

सो अवसरमा मगर खाना तथा परिकारहरुको पनि स्वाद लिन पाइनेछ । भूमे पर्व नेपाल तथा विदेशमा समेत बस्दै आएका मगर समुदायको विशेष पर्व हो । मगरहरु प्रकृतिपूजक समुदाय हुन् । भूमे पर्वमा उनीहरुले पञ्चतत्वको पूजा गर्दछन् र आफन्त तथा चेलिबेटीहरुसित बसेर मिठो खानेकुरा खाएर रमाइलो गर्नेगर्दछन् ।

वायु, जल, अग्नी, धर्ती र आकाश जस्ता प्राकृतिक वस्तुहरुले मानवजाति र सारा प्राणीको अस्तित्व रहेकोले यी वस्तुहरुको प्रयोग र सुरक्षाको लागि एकता कायम गर्नका लागि एकजुट भएर पर्वको रुपमा मनाउनु भूमे पर्वको महत्व हो ।