• जेष्ठ ३ २०८३, आईतवार

काठमाडौंको बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु

जेष्ठ ३२ २०८१, शुक्रबार

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु भएको छ । बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्दै आएका भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको हो ।

बिहीबार इनार सफा गर्ने क्रममा महत भित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्र् बानेश्वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरेको थियो । उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।