• जेष्ठ ३ २०८३, आईतवार

श्रीमान विदेशमै छन्, यता २ छोरासहित २५ वर्षीया श्रीमती अन्जलीले गरिन् आत्महत्या

जेष्ठ ३२ २०८१, शुक्रबार

झापा । झापाको शिवसताक्षीमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेकी छिन् । शिवसताक्षी नगरपालिका३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा र उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका

आयुष बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।
महिला झुन्डिएको र छोराहरू कोठाभित्रै भुइँमा लडेको अवस्थामा फेला परेको एसपी केसीले बताए । आफ्ना दुई छोरालाई विष खुवाइ हत्या गरेपछि महिलाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

चिकित्सक र प्रहरीको टोली घटनास्थल गइरहेको जनाइएको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।