काठमाडौं । पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो ।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन । घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल रहेको उनले बताए । बस सडकबाट करिब ५० मिटर तल नदीमा पुगेको थियो । कारमा चालकसहित ५ जना थिए ।
कारका चालकमात्रै घाइते भएको उनले बताए ।