• जेष्ठ ३ २०८३, आईतवार

चितवनमा बस दुर्घटना,२० जना घाइते ५ जनाको अवस्था गम्भीर

जेष्ठ ३२ २०८१, शुक्रबार

धादिङ  । चितवनमा सवारी दुर्घटना हुँदा २० जना घाइते ५ जनाको अवस्था गम्भीर भएको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको  भे१ख ४०६० नम्बरको यात्रुबाहक बस  काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा त्रिशूली नदी किनारमा खसेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुई वटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।