• मंसिर १२ २०८१, बुधबार

साधना र सबैको लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति

जेष्ठ ३१ २०८१, बिहीबार

काठमाडौँ । साधना र सबैको लघुवित्र् वित्तीय संस्था आपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै आपसमा भएर साधना लघुवित्र् वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्ने भएका हुन् ।

केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ को दफा ७३ र ‘बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को विनियम ११ को व्यवस्थाअनुसार यी दुई संस्था आपसमा गाभिने भएका हुन् ।

अब यी दुई संस्थाले आ–आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम कायम हुने सेयर स्वाप अनुपातमा १ः१ अनुसार सेयर पुँजी मिलान गर्नुपर्ने छ । यस्तै धितोपत्र बजारमा साधना लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने व्यवस्था समेत मिलाउनुपर्ने बताइएको छ ।

गाभिएपछि संस्थाको केन्द्रीय कार्यालय तनहुँको बन्दिपुर नगरपालिका डुम्रेमा हुनेछ । यीसहित नेपाल राष्ट्र बैंकले दुई संस्थालाई विभिन्न प्रकारका १७ वटा सर्त राखेको छ । जसलाई सीमित समयभित्र पुरा गर्नुपर्नेछ ।