काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा पुगेका छन्।
स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतार पुगेका राष्ट्रपति पौडेललाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल भोली जेनेभा प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उदघाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नेछन्। सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्धघाटन मञ्चलाई सम्बोधन जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन्।