• जेष्ठ ३ २०८३, आईतवार

विदेश पठाउने बहानामा १५ करोड ठगी गर्ने गिरोह पक्राउ, ३०० जनाभन्दा बढी ठगिए

जेष्ठ २९ २०८१, मंगलवार

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् । पक्राउ परेकाहरुले विगत ३ र ४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।