• जेष्ठ ३ २०८३, आईतवार

पक्राउ परिन् एमालेका महेश बस्नेतविरुद्ध मुद्दा हालेकी शोभा पाठक

जेष्ठ २८ २०८१, सोमबार

काठमाडौं । प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरी समेत दिएकी छिन् । प्रहरीले सो विषयमा अनुसन्धान नै नगरेपछि उनी आक्रोसित अभिव्यक्ति दिँदै आएकी छिन् ।

पाठक पछिल्लोचरणमा दुर्गा प्रसाईंको संगठनमा सक्रिय देखिन्छिन् ।