• मंसिर १२ २०८१, बुधबार

आज सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

जेष्ठ २८ २०८१, सोमबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ २८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

तीन दिनदेखि अमेरिकी डलर र कतारी रियालको मूल्य स्थित छ । अमेरिकी डलर, युरो र बेलायती पाउण्डको विनिमय दर भने सामान्य घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।