• जेष्ठ ३ २०८३, आईतवार

वैदेशिक रोजगारले दिएका पीडा : मलेसियामा ज्यान गुमाएका राकेशको शव नेपाल ल्याई अन्त्यष्टि

जेष्ठ २७ २०८१, आईतवार

रौतहट । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटका एक युवकको दुर्घटनामा परी ज्यान गएको छ । मलेसियामा ट्रक दुर्घटनामा परी कटहरिया नगरपालिका ३ बड्का बरेडवा गाउँका २६ वर्षीय राकेशकुमार सोनारको ज्यान गएको हो ।
मलेसियास्थित कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । मृतकको शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्यष्टि गरिएको छ ।

हिन्दु परम्परा अनुसार लालबैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको कटहरिया-३ का वडाअध्यक्ष श्यामान्त यादवले बताए ।

मलेसिया स्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ । पछिल्लो एकवर्ष देखि उनी मलेसियामा कार्यरत थिए ।