• जेष्ठ ३ २०८३, आईतवार

नरेन्द्र मोदीले आज शपथ लिने, प्रधानमन्त्री प्रचण्ड बधाई दिन जाँदै

जेष्ठ २७ २०८१, आईतवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज तेस्रो कार्यकालका लागि  शपथ लिँदै छन् ।

फेरि पनि प्रधानमन्त्री चयन भएका मोदीले आज साँझ राष्ट्रपति भवनमा शपथ लिने भएका हुन् ।

नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ ।

भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई बोलाएको छ ।

शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार नेपाल एयरलाइन्सको उडानबाट दिल्ली पुग्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री दाहालका साथ उनकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहेनछन् ।