सिन्धुली । सिन्धुली जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी मशाल सिन्धुली जिल्ला सङ्गठनको पार्टी एकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य कमरेड लालबहादुर बिसी ‘शार्दुल’को बिशेष आतिथ्यता र जिल्ला इन्चार्ज भरत बुर्जामगर ‘जीवन’को सञ्चालन जिल्ला अधिवेशनमा पार्टी एकताको कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रशिक्षण र बैठक पनि सिन्धुली जिल्लाको सदरमुकाम धुराबजारमा रहेको पार्टी कार्यालयमा सम्पन्न भएको छ । संयुक्त अधिवेशनले महाधिवेशन आयोजक समिति सदस्य भरत बुर्जामगरको संयोजकत्वमा २९ सदस्यीय क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला संगठन समिति गठन गरेको छ ।
जिल्ला अधिवेशनलाई केन्द्रीय सचिवाल सदस्य शार्दुलले शुभकामना मन्तव्यसहित राजनीतिक र बैचारिक प्रशिक्षण दिएका थिए ।