शरीरमा रातो रक्त कोशिकाहरुको कमी हुनाले एनोमिया अर्थात् रगतको कमी हुन्छ ।
रातो रक्त कोशिकाहरु नष्ट हुनु, शरीरबाट धेरै रगत बग्नु अथवा शरीरद्वारा पर्याप्त मात्रामा रातो रक्त कोशिकाहरु निर्माण गर्न नसक्नु जस्ता कारणहरुले यस्तो समस्या उत्पन्न हुन्छ ।
एनोमिया हुने विभिन्न कारणहरु छन् । तर, सबैभन्दा प्रमुख कारण शरीरमा आइरनको कमी हुनु हो । रातो रक्त कोशिकाहरुमा आइरनबाट पर्याप्त मात्रामा हेमोग्लोबिन नामक प्रोटिन प्राप्त हुन्छ ।
हेमोग्लोबिनले मानव शरीरको अलग-अलग अंगहरुमा अक्सिजन पुर्याउने काम गर्छ । हेमोग्लोबिन फोक्सोबाट अक्सिजन लिएर यसलाई रगतको माध्यमबाट शरीरको हरेका भागमा पुर्याउँछ । यो प्रक्रिया समस्त शरीर सञ्चालनका लागि अति नै महत्वपूर्ण हुन्छ ।
आइरनबाहेक फोलिट र भिटामिन बी–१२ को कमी हुनाले पनि रातो कोशिकाको निर्माणमा बाधा पुग्छ । यस्तो स्थितिमा यो समस्याबाट बच्नका लागि आइरन, भिटामिन बी र फोलिटयुक्त आहारको सेवन गर्नु आवश्यक हुन्छ ।