काठमाडाै । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन भएको छ । उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बुधबार राति खनालको निधन भएको हो ।
एमाले जिल्ला सचिव राम कोइरालाका अनुसार अध्यक्ष खनाल लामो समयदेखि पेटसम्बन्धी बिरामी थिए । यसअगाडि पनि हैदरवादमा उपचार गरेर फर्किएका खनाल फलोअप गर्न अस्पताल गएको उनको भनाइ छ ।
खनाल बराहक्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत हुन । उनलाई उपचार गराउन साथमा परिवारका सदस्यहरू श्रीमती, दाजु र भाउजू पनि गएका थिए ।
उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
खनाल जेठको पहिलो साता भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा ३८७ मत ल्याएर निर्वाचित भएका थिए । उनले अध्यक्षमा प्रत्यासी खेमराज पोखरेललाई हराएका थिए ।