काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् ।
बुधबार ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।
घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेबेले बताए ।
घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका दुई छोरीहरू गम्भीर घाइते भएका छन् । २४ र १६ वर्षीया छोरीहरू गम्भीर घाइते भएका हुन् ।