• मंसिर १३ २०८१, बिहीबार

संसदमा टुक्का हाल्न लगाउनु संसदीय मर्यादा विपरीत कार्य हो : सुशीला थिङ

जेष्ठ २३ २०८१, बुधबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले मंलबारका प्रतिनिधिसभा बैठकमा दुइवटा असंसदीय अभ्यास भएको बताएकी छन ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थिङले असंसदीय अभ्यास र संसदीय मर्यादा विपरीतका गतिविधि भएको बताएकी हुन । उनले मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा राप्रपा दलका नेता राजेन्द्र लिङ्देनले रोस्टमबाट अर्थमन्त्री खोजेपछि सभामुख आसनबाट आएको अभिव्यक्ति असंसदीय भएको बताइन ।

‘राजेन्द्र कुमार लिङ्देनले रोस्टममा उभिएर बजेटको विषयमा छलफल गर्दा अर्थमन्त्री खोजेपछि सभामुखको आसनबाट टुक्का भन्दै गर्नु भन्ने आवाज सुनियो । संसदीय मर्यादा भयो कि भएन ?,’ उनको प्रश्न छ ।

त्यस्तै कांग्रेस सांसद शान्ति परियारलाई ६ मिनेटको समय दिएर साढे तीन मिनेटमै रेकर्ड अफ गरिदिएको पनि थिङले बताइन । यस्तो असंसदीय व्यवहार नदोहोरियोस् भन्दै उनले अनुरोध गरेकी छन् ।