• जेष्ठ ३ २०८३, आईतवार

स्वच्छ वातावरणको हक सबैलाई !

जेष्ठ २३ २०८१, बुधबार

पृथ्वीको चारै तिर फैलिएको हावाको शुद्धता वा सफापन नै स्वच्छ वातावरण हो ।  संसारका हरेक प्राणीलाई जीवनभर शारीरिक र मानसिक रुपले तन्दुरुस्त र निरोगी बनाउँछ भन्ने हो ।

संसारका हरेक प्राणीले यस धर्तीमा पाइला टेक्नासाथ बाँच्नका लागि सास फेर्छन् र त्यस्तो सास लिनका लागि पनि हावा स्वच्छ चाहिन्छ । हावा वा वातावरण स्वच्छ नभएमा उसको जीवन अस्वस्थ बन्दछ । त्यसैले जीवनको स्वस्थताका निम्ति वातावरण स्वच्छ हुनु आवाश्यक हुन्छ ।

नेपालको संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानको धारा ३० ले स्वच्छ वातावरणको हकको सृजना गरेको छ ।

प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ।

वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा पुऱ्याएको मानिने छैन ।