• जेष्ठ ३ २०८३, आईतवार

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई झापड हान्ने पोखराका शिक्षक सुदिप अधिकारी पक्राउ

जेष्ठ २१ २०८१, सोमबार

काठमाडौं । गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ ।
उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप लागेको छ ।

कास्कीको रुपा गाउँपालिका-६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्गर्तगको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।