• मंसिर १३ २०८१, बिहीबार

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा तेस्रो पटक पेशी, न्यायाधीश श्रेष्ठको इजलासमा

जेष्ठ २० २०८१, आईतवार

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रो पटक पेशी तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुई पटक स्थगित भएको थियो ।

आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ । रिट पाँचौँ नम्बरमा पेशी रहेको छ । यसअघि लगातार सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो ।

पोखरेलको इजलासमा परेको पेशी निवेदन आफैँले स्थगितको निवेदन दिँदै हटाएका थिए । लामिछानेलाई सहकारी ठगीमा क्लिनचिट दिने गरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले सहकारीका विषयमा कुनै पनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए । उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैर संवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो ।

सुरुमा अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । दरपिठ भएपछि त्यसविरुद्ध इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो । उक्त रिटमा आइतबार पहिलो सुनवाइ हुँदै छ । सर्वोच्चले कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ ।