काठमाडौं । सत्तारूढ प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार पार्टी संसदीय दलको बैठकमा उनले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे ।
बजेट समाजवादउन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उनले उल्लेख गरे । गरे । बजेट निर्माणमा प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले बजेटमा कमी औँल्याए पनि त्यसलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको स्पष्ट पारे । सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि उनले बताए । बजेटको समर्थन गरेर अघि बढ्न उनले पार्टीका सांंसदहरूलाई निर्देशन दिए ।