• जेष्ठ ४ २०८३, सोमबार

बुबाको हत्या गरी फरार रहेका दिलबहादुर पक्राउ

जेष्ठ १९ २०८१, शनिबार

काठमाडौं । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका उनका छोरा ३५ वर्षीय रामबहादुर राई शुक्रबार पक्राउ परेका हुन् ।

रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी जवेगुले भने । घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर गम्भीर घाइते बनाएका थिए ।

उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।