• मंसिर १२ २०८१, बुधबार

‘लू’बाट बच्ने ६ उपाय

जेष्ठ १८ २०८१, शुक्रबार

–काँक्रोको सेवन गर्नुपर्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन ।

–बेल, आँप, कागतीको सर्बतको सेवन गर्नुपर्छ । गर्मीमा बेल, आँप तथा कागतीको सर्बतले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ।  जसले निकै हदसम्म लूबाट बचाउन पनि सहयोग पुर्‍याउँछ ।

–गर्मीको मौसममा कहिलेकाहीँ टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउनाले पनि लूको असर कम हुन्छ ।

-घाममा खाली पेट निस्कनुहुँदैन, कागतीको सर्बत भए पनि खाएर निस्कनुपर्छ ।

–सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

–घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनु होला ।