काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् । उनलाई प्रहरीले हाजिरी जमानतमा छाेडेकाे हाे ।
छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने सर्तसहित सिराेहिया हिरासतमुक्त भएका हुन् ।
नागरिकता किर्ते कसुरमा सिराेहिया पक्राउ परेका थिए । कान्तिपुरकाे मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगिएका सिराेहियालाई मंगलबार हेलिकाेप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे ।
स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।