• मंसिर १३ २०८१, बिहीबार

सूर्य थापाको सभापतित्वमा बन्यो सहकारी ठगी छानबिन विशेष समिति

जेष्ठ १५ २०८१, मंगलवार

काठमाडौँ  । सहकारीको रकम अपचलनबारे छानबिन गर्न विशेष संसदीय समिति बनेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले समिति गठन गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन तथा समितिका सभापति र सदस्यहरूको नाम प्रस्ताव गरेका थिए ।

सो प्रस्ताव पारित भएको छ । समितिमा कांग्रेस र एमालेबाट दुईदुई तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एकएक जना सदस्य रहेका छन् ।

समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा (सभापति) र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।