काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा बनाइने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाइएको छ । मंगलबार कार्यादेश टुंग्याउन गठित कार्यादलले कार्यादेश टुंग्याएको हो ।
टीओआरको अनुसूची–२ मा गृहमन्त्री रवि लामिछाने संलग्न भएर रकम अपचलन भएका सहकारीहरूको नाम समेटिएको छ । उनको नाम उल्लेख नभएको टीओआरमा उनलाई कारबाही सिफारिस गर्न सक्ने बुँदा समेटिएको छ ।
यस्तो छ संसदीय छानबिन समितिको ‘टीओआर’ जसमा आईडियल यमुना, ईमेज, सहारा, समानता, सानो पाइला , सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी सहकारी रहेका छन् । सहमतिको बुँदा नम्बर ४ मा ती सहकारीबाट गोरखा मिडिया नेटवर्कसहितका कम्पनीमा गएको रकम कानुनी वा गैरकानुनी भएको हेर्ने उल्लेख छ ।
उक्त बुँदामा ती कम्पनीमा गएको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने उल्लेख छ ।