• मंसिर १३ २०८१, बिहीबार

दुई घन्टा पछि सर्यो बजेट पेस गर्ने संयुक्त बैठक

जेष्ठ १५ २०८१, मंगलवार

काठमाडौं । संघीय सदनका संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) दुई घन्टा पछि सरेको छ । बजेट वक्तव्य पेस गर्नका लागि संयुक्त सदनको बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइएको थियो ।

मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नुपर्ने भएकाले सरकारको अनुरोधमा संयुक्त बैठक दुई घन्टा पछि सारिएको संसद् सचिवालयले जानकारी दिएको छ । बजेट पेस गर्ने संयुक्त सदनको बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ ।

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक भने दिउँसो २ बजे बोलाइएको छ । सरकारले मंगलबार आर्थिक वर्ष २०८१÷०८२को बजेट सार्वजनिक गर्दैछ । सरकारले आगामी आर्थिक वर्षका लागि करिब १९ खर्बको बजेट ल्याउँदैछ ।