• मंसिर १२ २०८१, बुधबार

अजवाइन खानुका फाइदा

जेष्ठ १३ २०८१, आईतवार

अजवाइन यी समस्याहरूमा प्रभावकारी छन्:

पेटको रोगबाट छुटकारा पाउन : पेटको गर्मीलगायत धेरै रोगबाट छुटकारा पाउन अजवाइन निकै प्रभावकारी हुन्छ । यसको नियमित सेवनले पेट फुल्ने, अपच र ग्यास जस्ता समस्याबाट मुक्ति मिल्छ।

पेटसँग सम्बन्धित समस्याः गर्मी मौसममा मानिसलाई कब्जियत, एसिडिटीजस्ता धेरै समस्याले सताउने गर्छ । यदि तपाई पनि यो समस्याबाट हैरान हुनुहुन्छ भने अजवाइन खानुहोस् । अजवाइनमा पाइने तत्वले एसिडिटीबाट छुटकारा पाउन मद्दत गर्छ ।

तौल घटाउनुः आजकल मानिसहरु मोटोपना बढेर निकै हैरान छन्, तौल बढ्ने कारण मानिसहरु कोलेस्ट्रोल र मधुमेह जस्ता गम्भीर रोगहरुको सिकार पनि भइरहेका छन् । यस्तो अवस्थामा तौल घटाउनका लागि अजवाइन पानीको सेवन गर्नुपर्छ । यसको पानीले तपाईंको कमजोर मेटाबोलिज्मलाई गति दिन्छ, जसले गर्दा सजिलै वजन घटाउँछ।