• मंसिर १२ २०८१, बुधबार

बुद्ध पूर्णिमाको अवसरमा समुत्थानशिल बस्तीमा बुद्धको प्रतिमा अनावरण

जेष्ठ ११ २०८१, शुक्रबार

काठमाडौं । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन नेपालमा राष्ट्रिय पर्वको रुपमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप बुद्ध जयन्ती मनाउने गर्दछ ।

यसैक्रममा समुत्थानशिल बस्ती प्रालिले पनि नुवाकाेटकाे शिवपुरी गाउँपालिका वडा नं ७ का प्रमुख अतिथि बागमती प्रदेश सभासद तथा पूर्व बागमती प्रदेश उपसभामुख तथा कृषि सहायक मन्त्री राधिका तामाङले बुद्धको प्रतिमा अनावरण गर्नु भयो । पूर्वमन्त्री तामाङले उक्त समारोहमा समुत्थानशिल होम स्टेको पनि रिबन काटेर उद्घाटन  गर्नु भयो ।

सो अवसरमा तामाङले आफ्नै ठाउँमा उक्त कार्यक्रमको उद्घाटन गर्न पाउँदा खुशी लागेको र आगामी दिनहरुमा आफुले सक्दो सहयोग गर्ने वचन दिनु भयो । कार्यक्रममा शिवपुरी-७ का वडाअध्यक्ष वीरबहादुर तामाङले सो स्थानमा पर्यटक ल्याउनमा जोड गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सो कार्यका लागि आफूले सहयोग गर्दै आएको र अझै पनि सहयोग गरिरहने वचन दिनु भयो ।

कार्यक्रममा अतिथि श्यामप्रसाद पाण्डेले शुभकामना मन्तव्य दिनु भयो । कार्यक्रमका सभापति तथा समुत्थानशिल बस्तीका अध्यक्ष मनिराज डंगोलले हामी एक चरणको कार्यक्रम सफल भएको र अर्को चरणको कार्यक्रम पनि सफल पार्दै जानुपर्ने बताउनु भयो । उहाँले बुद्धको जन्म दिनमा बुद्धको कर्मवादलाई अझै गहिरिएर बुझ्नु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा केशकुमार श्रेष्ठले स्वागत भाषण गर्नुका साथै पूर्वसेनानी टंकबहादुर बजगाईं खत्रीले उक्त होम स्टेको कविता बाचन गर्नु भएको थियो ।
कार्यक्रममा अतिथिहरुलाई नेवारी बाजा धिमे बजाएर स्वागत गरेको थियो । अतिथिहरुलाई सीता श्रेष्ठले खादा लगाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा बुद्धको पवित्र प्रार्थना वरिष्ठ पत्रकार दानदास श्रेष्ठ संचालन गर्नु भएको थियो ।

कार्यक्रमको संचालन रत्नप्रसाद अनामणि श्रेष्ठले रोचक ढंगले संचालन गर्नु भएको थियो । कार्यक्रममा समुत्थानशिल बस्तिका सदस्यहरुका साथै साहित्यकार तारा केसी, दिपेन्द्र भुजेल, गणेश दाहाल लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रम पश्चात् सामूहिक फोटो सेसन गर्नुका साथै चियापान गराइको थियो ।